हाम्रो बारेमा
गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको महाभारत पर्वत श्रृङ्खलाअन्तरगत देवचुली क्षेत्र पर्दछ ।देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समिति
देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समिति महाभारत पर्वत श्रृङ्खलाको देवचुली डाँडा तथा आपसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक , पुरातत्व तथा धार्मिक मान्यताहरुको संरक्षण र सम्बर्धन गर्दै ऐतिहासिक धार्मिक एवम् पुरातत्व हिसावले महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने अभिप्रायले वि.स.२०६४ सालमा संस्थाको स्थापना गरिएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय नवलपरासीमा नं. १४०५ मा दर्ता रहेको छ ।
गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको महाभारत पर्वत श्रृङ्खलाअन्तरगत देवचुली क्षेत्र पर्दछ । बुलिङटार, देवचुली, हुप्सेकोट गाउँपालिका संग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक एवम् प्राकृतिक सम्पदाका दृष्टिकोणले अत्यन्त मनोरम पर्यटकीय स्थलको रुपमा पाइन्छ ।
चुली, गुफा ,भ्यूटावर, रुद्रपुरगढी, गोलपोखरी शान्तिपार्क, वरचुली, झेरीखण्डे,तिनकन्यामाई यहाँका प्रमुख पर्यटकीय गन्तब्य हुन् । यहाँको मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायाणमा आधारित मारुनी नाँच यहाँको प्रमुखलोक संस्कृति हो । देवचुली क्षेत्र जैविक बिबिधताले धनी क्षेत्र मान्निछ । यहाँ चितुवा, भालु, मृग ,घोरल , दुम्सी, भार्से पहरेवाँदर, लाइचे कालिज, सुन ढुकुर,तित्राहलेसो न्याहुलचरी , प्युरा , भुद्रुङ, कुथुरलुक आदि वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ ।
यो क्षेत्रमा साल , चिलाउने, चाँप, लालीगुराँस, काउलो, तेजपत्ताआदिवनस्पतिले सोभायमान देखिन्छ । यसका अतिरिक्त पाखनवेत, कम्मरी, पाँचऔले, भुतकेस, तिते, शिकारीलहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनीआदि जडिबुटीका कारण यो क्षेत्र बिशेष महत्व राख्दछ ।
परापूर्वकाल देखिचलिआएको तीनकन्यामाई पुजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थानलिएको छ । देवचुलीमाई ,कुमारवर्ती माईको नामले समेत प्रसिद्ध रहेको तीनकन्यामाईको पुजाप्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भब्यताका साथ गरिन्छ । माइको पुजाआजागर्नाले यस जीवन र परलोकमा समेत सुख मिल्ने धार्मिक मान्यता रहेको छ । यस दिन थारु समुदायहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।
१९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र बिभिन्न बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ । चुलीको १८०० मिटर उचाइमा गुफा रहेको छ । द्धापर युगमा पाच पाण्डव द्रौपदी सहित केही समय
गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाले महत्व बोकेको छ । गुफा भित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा बिषेश आकर्षणका केन्द्रविन्दु बनेको छ ।
रुद्रपुरगढी गढीबाइसी चौविसी राज्यकालमा रुद्रसेन नामक राजाको बसोबास भएकाले यस गढीको नाम रुद्रपुर गढी रहनगएको हो । तत्कालिन धौवादीगाविस र हालहुप्सेकोट गाउँपालिकामा पर्छ ।